जग्गा प्रशासन सेवा सञ्चालन तथा सेवा प्रवाहका क्रममा नापी कार्यालयको देहाय बमोजिम प्रमुख कार्यक्षेत्रहरू छन् :-

  1. भूमि सुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालय मार्फत प्राप्त लिखतका आधारमा कित्ताकाट गर्ने ।
  2. सरोकारवालाको निवेदनका आधारमा फिल्ड रेखांकन गर्ने ।
  3. सरोकारवालाको निवेदनका आधारमा मालपोत कार्यालयसँगको समन्वयमा टायल चेक गर्ने ।
  4. आवश्यकता अनुसार फायल नक्सा तयार गर्ने(डिजिटल प्रविधि लागू भएकोमा वाहेक) ।
  5. कित्ता श्रेस्ता कायम गर्ने (प्लट रजिष्टर) ।
  6. नक्सामा मसी भर्ने (कागजमा आधारित नक्सा भएमा ) ।
  7. सरोकारवालाको निवेदनका आधारमा फिल्डबुक र प्लट रजिष्टर उतार गर्ने ।
  8. सरोकारवालको माग बमोजिम नक्सा प्रिन्ट, ट्रेस उतार गर्ने ।
  9. आफ्नो कार्यालयमा रहेका नक्सा, फिल्डबुक, प्लट रजिष्टरको सम्भार/संरक्षण गरी राख्ने ।
  10. नियमानुसार नक्सा सुधार/संशोधन गर्ने ।
  11. पुन:नापी संचालन भएका कार्यालयमा जग्गा दर्ता अद्यावधिक गर्ने ।
  12. सरोकारवालाको निवेदन भूमि सुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालय मार्फत प्राप्त भएमा कित्ता एकीकरण गर्ने ।
  13. नापनक्सा गर्न छुट भएको जग्गा नापनक्सा गर्ने ।