नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग अन्तर्गत रहेको नापी कार्यालय,दुल्लू दैलेख वि.स.२०७३ सालमा स्थापना भएको हो । यस नापी कार्यालयले दैलेख जिल्ला अन्तर्गतका साविक २५ गा.वि.स (हाल ३ नगरपालिका र २ गाउँपालिका गरी जम्मा ५ स्थानीय तह) भित्रको कित्ता नापी नक्सा अद्यावधिक तथा भूमि सम्बन्धी नाप जाँच (नयाँ नापी बाहेक) सम्बन्धी कार्य गर्दै आएको छ । यो कार्यालय दैलेख जिल्लाको दुल्लू नगरपालिका वडा नं.-०७ पटाङ्गिनीमा रहेको छ । यस कार्यालयले दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं.०२ अन्तर्गतका ३ नगरपालिका (दुल्लू,चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका) र २ गाउँपालिका (भैरवी र ठाँटीकाँध गाउँपालिका) का सम्पूर्ण नक्सा, फिल्डबुक तथा प्लट रजिष्टर सुरक्षित राखी हाल डिजिटल डाटा सहित कम्प्युटरबाट सेवा प्रवाह गर्दै आएको छ ।